कोशी प्रदेशको मुद्दामा आज के होला ?

काठमाडौं। कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दर्ता गरेको रिटमा आज बहस तोकिएको छ । जेठ ३१ मा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा बहस भएको थियो । कार्कीका तर्फबाट बहस बाँकी भएकाले हेर्दा हेर्दै राखेर अर्को पेशी असार ९ गते तोकिएको थियो। निवेदकको तर्फबाट अधिवक्ता अपूर्व खतिवडा, वरिष्ठ…