संसदीय सुनुवाइ समितिको सभापतिमा न्यौपाने निर्विरोध निर्वाचित

काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन् । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । बैठकमा समितिको ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त समितिको सभापतिका लागि एक मात्र उम्मेदवार न्यौपानेलाई निर्विरोध सभापति घोषणा गरेका हुन् । ज्येष्ठ सदस्य जबराले…