काठमाडौं । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको विषयमा छानविनका लागि गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सरकारले सार्वजनिक नगर्दै बाहिरिएको छ । सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहँदा सञ्चारमाध्यमहरुले प्रतिवेदनका अन्तरवस्तु धमाधम सार्वजनिक गरिरहेका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदनमा भ्रामक प्रचार गर्नेहरूको नाम पनि किटान गरिएको…