काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले बिदाइ गरेका थिए। सो अवसरमा…