राजनीतिक नियुक्ति पाएकाहरूले नैतिकता देखाउनुस्, मार्ग प्रशस्त गर्नुस्: रास्वपा

काठमाडौं । निर्वाचनबाट स्पष्ट बहुमतसहित सत्ताको बागडोर सम्हाल्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघिल्ला सरकारहरूले गरेका राजनीतिक नियुक्तिहरूमा हेरफेर गर्ने संकेत गरेको छ । नयाँ सरकार निर्माणको संवैधानिक प्रक्रिया सुरु हुनै लाग्दा रास्वपाले विगतका नियुक्तिधारीहरूलाई नैतिकताका आधारमा राजीनामा दिएर ‘मार्ग प्रशस्त’ गरिदिन आग्रह गरेको हो । विगतका सरकारले योग्यता र दक्षताभन्दा पनि राजनीतिक भागबन्डा र…