काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनाव अघि पार्टीको महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव गरेका छन् । आज बस्ने केन्द्रीय समिति बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेटेर विकल्प दिएका हुन् । पहिलो विकल्प कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गर्नुपर्ने प्रस्ताव छ । मंसिर मसान्तसम्म…