म्यानमारमा सैन्य सरकारले लगाएको संकटकाल हट्यो, डिसेम्बरमा चुनाव गर्न तयारी तीव्र

काठमाडौं । म्यानमारमा चार वर्षअघि सत्ता कब्जा गरेको सैन्य सरकारले संकटकाल हटाएको छ । सन् २०२१ को फेब्रुअरीमा आङ साङ सुकीको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर आफ्नो नेतृत्वमा सरकार बनाएको सेनाले त्यही बेला संकटकाल घोषणा गरेको थियो । यसअघि नै आउँदो डिसेम्बरमा चुनाव गर्ने घोषणा गरेको सैन्य सरकारले संकटकाल पनि हटाएको बेलायती पत्रिका द गार्डियनले जनाएको…