काठमाडौं । इजरायलले गाजामाथि हिजो गरेको आक्रमणमा कम्तीमा ५१ जनाको ज्यान गएको छ । तीमध्ये २७ जना गाजा सिटीमै मारिएका छन् भने २४ जना राहतको खोजीमा रहेका नागरिक मारिएको अल जजिराले जनाएको छ । इजरायली सेनाले गाजा सिटीका जैतुन र सब्रा क्षेत्रमा आक्रमणलाई अझ बढाउँदै शहर नियन्त्रणमा लिएर नागरिकलाई दक्षिणतर्फ धकेल्ने योजना अघि बढाएको छ…