पृथ्वीमा २ अर्ब वर्षअघिको अक्सिजन वृद्धि पत्ता लगाएको वैज्ञानिकहरूको दाबी

काठमाडौं । अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले झन्डै साढे २ अर्ब वर्षअघिदेखि पृथ्वीको वायुमण्डलमा कसरी अक्सिजन वृद्धि भयो भन्ने विषयमा नयाँ जानकारी सार्वजनिक गरेको छ । वायुमण्डलीय अक्सिजनको वृद्धिसँग महासागरहरूको गतिशीलता महत्त्वपूर्ण रहेको वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालयले आज निकालेको विज्ञप्तिमा उल्लेख छ । टोलीले प्राचीन सल्फेट खनिजहरूमा संरक्षित उच्च–रेजुलेसन अक्सिजन आइसोटोप रेकर्डहरूको विश्लेषणमार्फत यस्तो पत्ता लगाएको जानकारी…