उत्तरी नाइजेरियाको कात्सिनामा नमाज पढिरहेको मस्जिदमा सशस्त्र डाँकुहरूले आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने भने कैयौं घाइते भएका छन् । यो जानकारी गाउँपालिकाका प्रमुख र अस्पतालका अधिकारीले दिएका हुन् । स्थानीय बासिन्दाहरूले स्थानीय समय अनुसार बिहान ४ बजे मुस्लिमहरू प्रार्थनाको लागि भेला हुँदा मालुमफासी क्षेत्रको दुर्गम उंगुवान मान्टाउमा रहेको मस्जिदभित्र बन्दुकधारीहरूले गोली चलाएको…