शाङ्घाई शिखर सम्मेलनमा अमेरिकालगायत पश्चिमा देशहरूको आलोचना

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले अरू देशको धम्कीपूर्ण व्यवहारको आलोचना गरेका छन् । चीनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन एसीओको शिखर सम्मेलनको दोस्रो दिन हिजो उनले पश्चिमाहरूलाई चुनौती दिने अभिव्यक्ति दिएको बेलायती समाचारसंस्था द गार्डिएनले जनाएको छ । यस्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धलाई पश्चिमाले उक्साएको दाबी गरे । पुटिनले रूसले गरेको आक्रमणका कारण…