भारत र पाकिस्तानलाई संयमित हुन संयुक्त राष्ट्रसङ्घको आग्रह

काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले भारत र पाकिस्तानलाई सैन्य संयमित हुन आह्वान गरेका छन् । राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले आफ्ना प्रवक्ताले जारी गरेको एक पत्रमा नियन्त्रण रेखा र पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमामा भारतीय सैन्य कारबाहीप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् । “विश्वले भारत र पाकिस्तानबीच सैन्य टकराव सहन सक्दैन,” पत्रमा भनिएको छ । सोमबार राष्ट्रसङ्घका…