गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा र सिरियामा भइरहेको इजरायली हवाई आक्रमण नियन्त्रण गरी स्थितिमा सुधार ल्याउन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बोलाउनुभएको ह्वाइट हाउसलाई उदृत गर्दै सिएनएनले जनाएको छ । गत बिहीबार गाजाको क्याथोलिक चर्चमा भएको आक्रमणको प्रतिक्रिया स्वरूप ट्रम्पले नेतान्याहुलाई आफ्नो असन्तुष्टि व्यक्त गरी इजरायलले आक्रमणलाई गल्ती स्विकार गर्न बोलाएको जनाइएको छ ।…