काठमाडौं । इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा विस्फोट हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या कम्तीमा २५ पुगेकाे छ । दक्षिणी इरानको शाहिद रजाई बन्दरगाह, बन्दर अब्बास नजिकै हिजो विस्फोट भएको हो । विस्फोटमा ८ सय जना घाइते भएका छन् भने आगो अझै लागिरहेको विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय बासिन्दाहरूले विस्फोटको असर ५० किलोमिटर टाढासम्म महसूस…