थाइल्यान्ड-कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास

हङकङ । चीनले दक्षिणपूर्व एसियाली कूटनीतिमा आफ्नो भूमिका थप बलियो बनाउने प्रयास स्वरूप कम्बोडिया र थाइल्यान्डका विदेशमन्त्रीसँग सोमबार त्रिपक्षीय बैठक गरेको छ । बेइजिङले दुई छिमेकी मुलुकबिच जारी हिंसात्मक सीमा विवादमा आफूलाई प्रभावकारी मध्यस्थ कर्ताका रूपमा स्थापित गर्न खोजिरहेको सन्देश यस भेटघाटले दिएको छ । विवादित सीमाको उत्तरतर्फ पर्ने चीनको दक्षिणपश्चिमी प्रान्त युनानमा सम्पन्न यो…