काठमाडौं । नाइजेरियामा बाल महोत्सवमा भागदौड मच्चिँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । भागदाैड मच्चिँदा अन्य एक सय जनाभन्दा धेरै घाइते भएका छन् । ओयो राज्यको राजधानी इबादानमा आयोजित बाल महोत्सवमा भागदौड मच्चिँदा ३० जनाको ज्यान गएको हो, ज्यान गुमाउनेमा धेरैजसो बालबालिका छन् । आयोजकले पाँच हजार जना बालबालिकालाई नगद वितरण गर्ने घोषणा गरेपछि…