मस्को । रुसको संसद्ले मङ्गलबार एउटा विधेयकलाई अनुमोदन गरेको छ । उक्त विधेयकले मस्कोलाई तालिबानलाई प्रतिबन्धित ‘आतङ्कवादी’ सङ्गठनको सूचीबाट हटाउने बाटो खोल्न सक्छ । सन् २०२१ को अमेरिकाको वापसीपछि तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि मस्कोले तालिबानसँग सम्बन्ध कायम गर्न थालेको छ । त्यसबेलादेखि अधिकारीहरूले इस्लामवादी समूहलाई मस्कोको प्रतिबन्धित ‘आतङ्कवादी’ समूहहरूको सूचीबाट हटाउन दबाब दिइरहेका छन्…