बर्डफ्लुले विश्वभर हालसम्म ३० करोड चराको मृत्यु

काठमाडौँ । बर्डफ्लुका कारण हालसम्म विश्वभर ३० करोड चराको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठनले यो भाइरस अब अन्य प्रजातिमा पनि फैलिरहेको चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनले यसमा द्रुत परिवर्तन पनि आउँदै गरेको बताउदै अवस्था चिन्ताजनक रहेको जनाएको छ । अमेरिकामा बर्ड फ्लु तीव्र गतिमा फैलिएपछि क्यालिफोर्निया राज्य सरकारले संकटकाल घोषणा गरेको…