इरानद्वारा दुबईस्थित ओराकलको डाटा सेन्टरमा आक्रमणको दाबी

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले बिहीबार संयुक्त अरब इमिरेट्सको दुबईमा रहेको अमेरिकी प्रविधि कम्पनी ‘ओराकल’ को डाटा सेन्टरमा आक्रमण गरेको दाबी गरेको छ । दुबई मिडिया अफिसले शुक्रवार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत उक्त दाबीलाई अस्वीकार गरेको छ । कार्यालयले दुबईस्थित ओराकलको डाटा सेन्टरमा इरानी आक्रमण भएको भनिएका रिपोर्टहरूलाई ‘भ्रामक र असत्य’ बताएको छ…