काठमाडौं । भारतको मौसम विभागले मोंथा नामको चक्रवातको चेतावनी दिएको छ । चक्रवात आज बेलुकी वा राततिर आन्ध्र प्रदेशको मछलीपट्टनम र कलिंगपट्टनमबीचको काकीनाडा तटमा ठोक्किन सक्ने बीबीसी हिन्दीले जनाएको छ । भुवनेश्वरको मौसम विभागकी निर्देशक डा. मनोरमा मोहन्तीका अनुसार चक्रवात आज बिहानसम्म थप बलियो हुनेछ । यस क्रममा हावाको गति ९० देखि १०० किलोमिटर प्रतिघण्टा…