नाइजेरियाको उत्तरपश्चिमी गाउँहरूमा सशस्त्र आक्रमण, २० जनाको हत्या

नाइजर । नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा २० जनाको हत्या भएको छ भने अन्य केहीलाई अपहरण गरिएको छ । प्रहरी र स्थानीय बासिन्दाका अनुसार मङ्गलवार राति नाइजर राज्यअन्तर्गत पर्ने शिरोरो जिल्लाका गाउँहरूमा यो आक्रमण भएको हो । प्रहरी प्रवक्ता वासिउ अबियोडुनका अनुसार बन्दुकधारीहरूले बाग्ना र एरेना गाउँमा आक्रमण गरेका थिए ।…