काठमाडौं । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) का नेता सिगेरु इसिबा प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । जापानको संसद्मा हिजो भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई पराजित गर्दै बहुमत प्राप्त गरेकाे बीबीसीले जनाएको छ । इसिबाले हिजोको संसद्को विशेष अधिवेशनअघि राजीनामा दिएका थिए । त्यसको केही घण्टापछि संसद्मा मतदान भएको हो…