पाकिस्तानमा सेनाको कारबाहीमा ३० जना आतंककारीको ज्यान गयो

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सरकारी सेनाको कारबाहीमा ३० जना आतंककारीको ज्यान गएको छ । सेनाले चलाएका तीन वटा अभियानका क्रममा हिजो एकैदिन ३० जना मारिएका पाकिस्तानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सुरक्षा बलले लक्की मारवाट, कराक र खैबर जिल्लामा गुप्तचरमा आधारित कारबाही अभियान चलाइरहेको छ ।…