यूएईको मध्यस्थतामा रुस र युक्रेनबीच युद्धबन्दीहरु आदानप्रदान

काठमाडौं । रुस र युक्रेनले युद्धबन्दीहरु साटासाट एवम् आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको एक सम्झौताअनुसार युद्धबन्दीहरु आदानप्रदान भएका हुन् । रुसमा बन्दी बनाइएका एक सय ५० युक्रेनी सैनिकलाई उति नै सङ्ख्याको रुसी सैनिकको बदलामा युक्रेनलाई हस्तान्तरण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्सीले एक सय…