ब्राजिलको साओ पाउलो राज्यमा एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा विमानमा सवार ५७ यात्रु र ४ चालक दलका सदस्य सहित ६१ जनाकै मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । दुईवटा इन्जिन भएको एटीआर ७२–५०० टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलका लागि उडिरहेको थियो । विमान अवतरणअघि नै भिन्हेडो शहरमा…