इस्तानबुल । बिषाक्त रक्सी पिएका कारण टर्कीमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ । गभर्नरको कार्यालयका अनुसार बितेका ५ हप्ताको अवधिमा ३७ जनाको मृत्यु भएको छ र अन्य १७ जनाको अझै उपचार भइरहेको छ । नोभेम्बर १ देखि हालसम्म ७७ जनालाई विषादी रक्सी सेवन गरेको पत्ता लागेको, जसमध्ये २३ जनालाई उपचार गरी डिस्चार्ज गरिएको थियो…