भारतले सन् २०२६ देखि स्थानीय-मात्र सौर्य ऊर्जा सामग्रीहरू अनिवार्य गर्ने

नयाँदिल्ली । चिनियाँ आयात घटाउने उद्देश्यले सरकारी आदेशअनुसार भारतीय स्वच्छ ऊर्जा कम्पनीहरूले सन् २०२६ जुनदेखि स्थानीयरूपमा निर्मित सौर्य मोड्युलहरु मात्र प्रयोग गर्न सक्नेछन् । रिलायन्स इन्टरप्राइजेज र टाटा पावरको उद्यमसहित भारतका स्वच्छ ऊर्जा क्षेत्रका नेताहरू आफ्ना प्रमुख आपूर्तिकर्ताका रूपमा चिनियाँ विक्रेताहरूमा निर्भर छन् । उद्योगको अनुमानअनुसार भारतको सौर्य ऊर्जा उत्पादन क्षमताको ७० प्रतिशत चिनियाँ उपकरणबाट…