अपदस्थ पूर्वप्रधानमन्त्री हसिनासहित ६ जनाविरुद्ध हत्या मुद्दा

ढाका । गत महिना नागरिक अशान्तिका क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बङ्गलादेशको एक अदालतले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिना र उनको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान सुरु गरेको छ । एक साताअघि ७६ वर्षीया हसिना हेलिकप्टरबाट छिमेकी मुलुक भारततर्फ भागेकी थिइन् र अहिले भारतमै रहेकी छन् । उनको कठोर कार्यकालको नाटकीय अन्त्यमा प्रदर्शनकारीहरूले…