चन्द्रमातर्फको मानव मिसन अघि बढाउँदै नासा

केप क्यानाभेरल । अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप आफ्नो नयाँ रकेटमा इन्धन भर्ने अन्तिम तथा महत्त्वपूर्ण परीक्षण सोमबार सम्पन्न गरेको छ । यस परीक्षणको सफलताले आर्टेमिस कार्यक्रमअन्तर्गत अन्तरिक्षयात्रीहरूको प्रक्षेपण मिति तय गर्नेछ । केनेडी स्पेस सेन्टरमा स्पेस लन्च सिस्टम (एसएलएस) रकेटमा अत्यन्त चिसो हाइड्रोजन र अक्सिजन इन्धन भरी वास्तविक प्रक्षेपण प्रक्रियाको अभ्यास…