पाकिस्तानमा बिहीबार सम्पन्न निर्वाचनमा भ्रष्टाचार आरोपमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको दल पीटीआई समर्थित उम्मेदवार अगाडि देखिएका छन् । प्रारम्भिक मतपरिणाममा पीटीआई समर्थित उम्मेदवारहरु अगाडि देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो समाचार तयार पार्दासम्म १ सय २० सिटमा पीटीआई समर्थित उम्मेदवार अगाडि छन् । आफ्ना उम्मेदवारहरुले अग्रता लिएपछि पीटीआई समर्थकले ठाउँठाउँमा विजय जुलुस…