काठमाडौं । श्रीलंकामा समुन्द्री आँधीपछि आएको बाढीपहिरोमा परी १९३ जनाको मृत्यु भएको छ । २०० जना भन्दा बढी मानिस बेपत्ता र २० हजार भन्दा बढी घर क्षतिग्रस्त भएको त्यहाँको विपद् व्यवस्थापन केन्द्रलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । श्रीलंका अहिले खराब मौसमी प्रकोपसँग जुधिरहेको छ । १ लाख ८ हजार मानिसलाई अस्थायी शिविरहरुमा राखिएको छ…