इजरायल । प्यालेस्टिनी लडाकु समूह हमासबीचको भिडन्त जारी छ । इजरायली सेनाले गाजापट्टीस्थित हमास लडाकुका केन्द्रहरुमा आक्रमण तीव्र बनाएको छ । इजरायली सेनाको आक्रमणमा परी चार सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । २३ सयभन्दा बढी प्यालेस्टिनीहरु घाइते भएका छन् । हमाससँगको युद्ध लामो र कठिन हुनसक्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बताएका छन्…