भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि शुरु हुने जी-२० शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरु हिजै दिल्ली आइपुगेका छन् । सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडन हिजै दिल्ली आइपुग्नु भएको हो । यसैगरी बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि हिजै दिल्ली आइपुग्नु भएको छ । यस सम्मेलनमा चीनिया राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन…