काठमाडौं । थाइल्यान्डको शिक्षा मन्त्रालयले कम्बोडियाको सीमावर्ती क्षेत्रहरूमा रहेका विद्यालयहरू अस्थायी रूपमा बन्द गर्न आदेश दिएको छ । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप भएपछि उक्त आदेश दिइएको हो । बैंककस्थित स्थानीय मिडियाहरूका अनुसार, आवासीय क्षेत्रहरूमा रकेट प्रहार भएपछि सुरिन, सिसाकेट र बुरिरामका ५८२ विद्यालय बन्द गरिएको छ । खतरा क्षेत्रबाहिर रहेका केही विद्यालयहरूलाई…