काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईविरुद्ध अपमानजनक भाषा प्रयोग बन्द गर्न चेतावनी दिएका छन् । अराघचीले सामाजिक सञ्जालमा ट्रम्पको रबैया खामेनेईविरुद्ध मात्र नभई उनका लाखौँ समर्थकको समेत अपमान भएको बताएका छन् । उनले अमेरिकाले इरानसँग कुनै सम्झौता गर्न चाहेको भए आफ्नो भाषा सुधार्नुपर्ने बताएका छन् ।…