नयाँदिल्ली । लाखौँ श्रद्धालुले हिन्दु पर्व दीपावली धूमधामका साथ आतशबाजी गरी मनाएपछि मंगलबार भारतको राजधानी नयाँ दिल्ली घना र विषालु धुवाँले ढाकिएको छ । यो उत्सवले राजधानीको वायु प्रदूषणलाई खतरनाक स्तरसम्म पुर्याएको अधिकारीहरूले बताएका छन् । सोमबार राति ढिलोसम्म फोडिएका पटाकाहरूले हावामा धुवाँ र सूक्ष्म कणहरूको मात्रा तीव्र रूपमा बढायो, जसले पहिल्यै मौसमी प्रदूषण र…