१० बुँदे मापदण्ड स्वीकार गर्न नसकिने भन्दै नेपालद्वारा मलेशियालाई कूटनीतिक नाेट

काठमाडौं । मलेशियाले म्यानपावर कम्पनीका लागि निर्धारण गरेको नयाँ मापदण्ड स्वीकार गरी कार्यान्वयन गर्न नसकिने भन्दै नेपालले कूटनीतिक नाेट पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावरसम्बन्धी १० बुँदे मापदण्ड तत्काल कार्यान्वयन गर्न नसकिने भन्दै परराष्ट्र मन्त्रालयमार्फत मलेशियालाई कूटनीतिक नोट पठाएको हो । मलेशियाले ‘दुई देशबीच मर्यादित श्रम आप्रवासनलाई अभ्यास गर्नका लागि उचित…