नायिका रेखा थापाले दिइन् गृहमन्त्री लखेकलाई बधाई

काठमाडौं । नायिका रेखा थापाले गृहमन्त्री रमेश लखेकलाई बधाई दिएकी छन् । उनले मंगलबार आमाको नामबाट नागरितका पाउने स्थिति बनेको भन्दै गृहमन्त्रीलाई भेटेर बधाई दिएकी हुन् । थापाले गृहमन्त्रीसँग भएको भेटवार्ताको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्,'सन्तानलाई आमाले जन्मदिनु हुन्छ ,आमाले पालन पोषण गर्नुहुन्छ । तर नागरिकता लिन जादा खेरी बाबुको खोजी हुन्छ…