काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिल्लाको मर्चवारी गाउँपालिका–३ का वडा अध्यक्ष जनार्दन यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार उनले विकास योजनाहरूको निर्माण सम्पन्न भएपछि सेवाग्राहीसँग भुक्तानीका लागि ३ लाख रुपैयाँ घुस लिएको प्रमाण भेटिएको छ। केही समयअघि उनलाई उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो। मामिलामा सिद्धार्थनगर नगरपालिका–९…