भक्तपुर । नेपालका लागि नयाँ चरा प्रजातिको साइबेरियन स्यान्ड प्लोभर चरा पहिलो पटक भक्तपुरमा भेटिएको छ । मध्यपुर थिमी नगरपालिकाको मनोहरा फाँटमा भेटिएको उक्त चरालाई नेपालीमा ‘साइबेरियाली राजपुत्रिका’ नाम दिइएको छ । समुद्री सतहदेखि १ हजार ३१९ मिटर उचाइमा पहिलोपटक भेटिएको चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेले बताए । उनीहरूले फोटो खिचेर प्रारम्भिक…