काठमाडौं । धनुषा प्रहरीले एउटा प्रेम कथाको दुःखद् अन्त्यको अनुसन्धान गरिरहेको छ । प्रेमिका भनिएकी जुली झालाई हत्या अभियोगमा प्रहरीले सोमबार सार्वजनिकसमेत गरेको छ । जुलीले प्रेमी भनिने, विमलेश यादव उर्फ शनिको पेटमा छुरा प्रहार गरी गेष्ठ हाउसको पहिलो तलाबाट भुइँमा धकेलिदिएको प्रहरीको भनाइ छ । सीसीटीभीको फुटेजका आधारमा जुलीलाई पक्राउ गरेको प्रहरीले बतायो ।…