बर्दिया । एकाबिहानै रामदुलारीको घरमा भिड बढ्दै थियो । केहीले हरियो कुशमा साबुन लगाएर नुहाउँदै (धुँदै) थिए । केही युवाले बाँस काटेर खट (शव लैजान प्रयोग गरिने साधन) बनाउँदै थिए । कुश धोईपखालीभित्र लगेपछि रुवाइको आवाज सुनियो । बेपत्ता टटेराम थारूकी श्रीमती रामदुलारीले रुँदै भनिन्, “आइहाल्नुहुन्छ कि भनेर यतिका वर्षसम्म कुर्यौँ, अन्त्यमा आफ्नो मान्छेलाई कुशको…