काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशभर वर्षात भइरहेको छ । भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको यमेत प्रभावका तारण वर्षात भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि सातवटै प्रदेशमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिबार पनि देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली…