काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वर्गीय जीवनाथ खतिवडाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । स्वर्गीय जीवनाथ नेपाली कांग्रेसका नेता रामहरि खतिवडाका पिता हुन् । राष्ट्रपति पौडेलले मंगलबार नेता खतिवडालाई टेलिफोनमार्फत् समवेदना व्यक्त गरेका हुन् । ७८ वर्षीय जीवनाथ खतिवडाको काठमाडौं डिल्लीबजारस्थित निवासमा कार्तिक १६ गते निधन भएको थियो । उनको…