काठमाडौँ। नलिनचोक हेलिपोर्ट निर्माणमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश सर्वोच्च अदालतबाट पनि यथावत् रहने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको संयुक्त इजलासले विशेष अदालतले यसअघि गरेको थुनामा राख्ने निर्णयलाई सदर गरेको हो। यससँगै अधिकारीलाई धरौटी वा रिहा नगरी मुद्दाको…