विराटनगर । आफूखुसी खानेपानी बोर्डको अध्यक्ष बनेको भन्दै धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । अदालतको यो आदेशसँगै हर्क साम्पाङले धरान खानेपानी बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने बाटो खुलेको छ । साम्पाङविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए ।…