कफी पिएर युवकद्वारा अस्पतालको छैटौं तलाबाट हामफालेर आत्महत्या

काठमाडौं । त्रिवि शिक्षण महाराजगञ्ज हातामा रहेको मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हामफालेर एक युवकले आत्महत्या गरेका छन् । काठमाडौं गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको अस्पतालबाट हामफालेर मृत्यु भएको हो । प्रहरीका अनुसार आचार्य सेन्टरको छैटौं तलास्थित एस क्याफेको छतबाट हामफालेका थिए । हामफाल्दा गम्भीर घाइते भएका उनको सेन्टरमै उपचारका क्रममा…