प्युठानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

प्यूठानको गौमुखी गाउँपालिकामा बेहुली लिएर फर्किएको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्लाको नौबाहिनी गाउँपालिकाबाट लुङबाट गौमुखी गाउँपालिका लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर जीप आज बिहान ३ बजे दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ…