अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले अपूर्व क्षितिज सिंहलाई साढे २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद मैनालीको इसलासले बिहीबार अपूर्वलाई साढे २ लाख धरौटीमा छाड्न आदेश गरेको उनको तर्फका वकील शान्तिराम खतिवडाले जनाएका छन् । अपूर्वले धरौटी बुझाए आजै छुट्नेछन् । युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका…