काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापाले जीवनमा गरेको कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित हुनुभएको बताएका छन् । राष्ट्रिय विभूति थापाको २४८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको भीमसेन थापा स्मृति पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री देउवाले स्वाभिमानी थापाले पुर्याएको योगदानको स्मरण गरे । “थापाले…