धनगढी । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले स्थापनाको करिब दुई वर्षपछि पहिलो पटक विज्ञापनमार्फत कर्मचारी माग गरेको छ । स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारी मागका लागि विज्ञापन प्रकाशित गरेको हो । आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो ।…