काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धी विवादको अन्तिम सुनुवाइले आज आइतबारबाट निरन्तरता पाउँदैछ। जेठ ३० गते कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासले अन्तिम सुनुवाइ सुरु गरे पनि त्यस दिन बहस नसकिएपछि हेर्दाहेर्दैमा असार ५ गतेका लागि राखिएको थियो। आजको बहसमा वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, राधेश्याम अधिकारी, हरिहर दाहाल, महादेव यादव,…