काठमाडौं । नागरिकता ऐनको संशोधन विधेयक संसदका दुवै सदनबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट पारित भएर आएको विधेयक बहुमतले पारित गरेको हो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यो विधेयक कानुनका रूपका लागू हुनेछ । नागरिकता विधेयक पारित भएसँगै अब नेपालमा जन्मसिद्धका सन्तानले नागरिकता पाउने छन् । विधेयकले जन्मको आधारमा नागरिकता पाएका…