काठमाडौं । मिर्गौला बेचबिखनमा संलग्न रहेको अरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। शरीरमा दुईवटा मिर्गौलामध्ये एउटा बेच्दा केही नहुने र ५ लाखसम्म कमाइ हुने लोभ देखाएर बालबालिकालाई भारत लैजान ठिक्क पारेको सूचनाको आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापका धनबहादुर रोका, गुल्मीका विजय कुँवर,…